सांसदलाई प्रधानमन्त्रीको जवाफ – सबैले विद्युतीय चुल्होमा पकाउने हो भने, ट्रासन्फर्मर पड्किन्छन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताएका छन् । उनले देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने दावी गरे ।

शाहले भने, ‘अहिले तुरुन्तै विद्युतीय युगमा जान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो, इन्डक्सनबाट पकाउने हो भने देशमा भएको टन्सफर्मर र सबस्टेशन सबै पड्किन्छन् । हाम्रो क्षमताले धान्दैन ।’
प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा ५ प्रतिशत भ्याट लगाइएको उनले बताए ।

‘यो एकदमै धेरै रकम होइन । देशभरका टान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ । तारको मोटाइ अपग्रेड गर्नुपर्छ । अनि मात्र विद्युतीय युगमा जान सक्छौ । भ्याटबाट आएको पैसा यसमै खर्च हुन्छ,’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *