अर्थ मन्त्रालयले वेभसाइटबाटै हटायो ‘आर्थिक विधेयक’

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक विधेयक २०८३ वेबसाइटबाट हटाइएको छ ।

विद्युतीय सवारी साधनको (ईभी) को करको दरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेभसाइटबाट हटाएको बताईएको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात् आर्थिक विधेयक अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकमा २० लाखदेखि ३० लाख मूल्य समूहको भन्सार महसुल र स्वच्छ पूर्वाधार लगानी शुल्क उल्लेख गरिएको थिएन ।

यद्यपि मन्त्रालयले उक्त दरको सवारीमा लाग्ने पूर्वाधार शुल्क २० प्रतिशत नै रहेको प्रष्ट्याउँदै सबै सवारीको भन्सार महसुल समान रहेको बताएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *