तीन सय ६० वस्तुमा लाग्ने अन्तःशुल्क खारेज

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत विभिन्न ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उत्पादन, व्यापार तथा उपभोगलाई सहज बनाउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

सरकारले अन्तःशुल्क खारेज गरिएका वस्तुहरूको सूचीमा उद्योग तथा दैनिक उपभोगसँग सम्बन्धित विभिन्न सामग्री समेटिएको जनाएको छ । अर्थमन्त्री वाग्लेले अनावश्यक करको भार कम गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न र बजारलाई चलायमान बनाउन यो निर्णय गरिएको बताए ।

अन्तःशुल्क हटाइएका वस्तुमा कच्चा पदार्थ, साना तथा मझौला उद्योगले प्रयोग गर्ने सामग्री, केही विद्युतीय उपकरण तथा उपभोग्य सामग्री रहेका छन् । यस कदमले उत्पादन लागत घट्ने, बजार मूल्यमा कमी आउने र उपभोक्ताले प्रत्यक्ष लाभ पाउने सरकारको अपेक्षा छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *