कृषि उत्पादन विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने लक्ष्य सरकारको प्राथमिकतामा

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई दिगो रूपमा सुदृढ बनाउने विषय सरकारको प्रमुख कार्यसूचीमा रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सभापति चौधरीले कृषि क्षेत्रलाई परम्परागत पेशाको सीमितताबाट बाहिर निकालेर यसलाई सम्मानित, आधुनिक र व्यावसायिक आर्थिक गतिविधिका रूपमा विकास गर्ने उद्देश्यसहित राज्य अघि बढिरहेको स्पष्ट पारे ।

उनका अनुसार नेपालको भौगोलिक विविधता कृषि उत्पादनका दृष्टिले ठूलो अवसरका रूपमा रहेको छ, जसलाई सही उपयोग गर्न सके उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने सम्भावना छ ।

सभापति चौधरीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, वैज्ञानिक प्रणालीमा आधारित व्यवस्थापन तथा योजनाबद्ध कार्यान्वयनलाई प्रभावकारी बनाउँदै उत्पादन वृद्धि गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *