अर्थमन्त्रीसहितको टिमले मन्त्रालयमै बितायो बजेट फाइनलको अन्तिम रात

काठमाडौं। जेठ १५ को बजेट सार्वजनिक हुनु अघिल्लो दिन शुक्रबार रातैभरि अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको टिम मन्त्रालयमै बसेकाे छ।
बजेटको अन्तिम रात शुक्रबार अर्थमन्त्रीको टिम मन्त्रालयमै बसेको हो।

अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्याय शुक्रबार बिहान ३ बजेपछि मात्रै मन्त्रालयबाट बाहिरिएको बताइन्छ।

यस्तै, बजेट तथा राजस्व व्यवस्थापन महाशाखाका उपसचिव, अधिकृत र अन्य कर्मचारी भने घर आउजाउ गरिरहेका देखिन्थे।

बजेट टिमसँगै बसेर अर्थमन्त्रीले करका दर, कर्मचारीको तलबलगायतका मुख्य विषय टुंगाएको बताइएको छ।

बिहान केही समय आराम गर्न निवास गएका अर्थमन्त्री फर्किएपछि १० बजे  बजेट भाषण प्रेसमा पठाइने बताइएको छ।

अर्थमन्त्री वाग्लेले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनमा पेस गर्दै छन्।

आज बस्ने मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत गराएपछि संसद् जानेछन्। शुक्रबार मात्रै शीतलनिवास पुगेर अर्थमन्त्री वाग्लेले राष्ट्रपतिलाई बजेट ब्रिफिङ गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *