बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ४ लाख ७४ हजार कित्ता हकप्रद शेयर जेठ २१ देखि लिलामीमा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले आगामी जेठ २१ गतेदेखि ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याउन लागेको हो।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, वीरेन्द्रनगर, नुवाकोट, नारायणगढ र नेपालगन्जमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २९ गते बैंकिङ समयसम्म रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *