काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बाँदर व्यवस्थापन तथा तिनीहरुको हक सुरक्षितका लागि जँगलमै फलफूल खेती गर्न सुझाएकी छन् ।
बाँदर मार्न नहुने भन्दै संसदीय समितिदेखि संसदसम्म वकालत गर्दै आएकी सांसद तामाङले बिहीबारको प्रतिनिधिसभामा बाँदर व्यवस्थापन गर्न ४ उपाय सुझाएकी छिन् ।
आशिकाले जंगलमै फलफूल लगाउने, खेतबारीमा बाँदरलाई मन नपर्ने खेती गर्ने, सोलार जडित तारबार र लो भोल्टेजको तारबार लगाउने र फलामे काँडेतार लगाउन सरकारलाई सुझाव दिएकी छन्।
उनले अब फेरि संसदमा बाँदर मार्नुपर्छ भन्ने शब्द नसुनियोस् भन्ने कामना पनि गरिन् । ‘संसार सबै प्राणीको घर हो । बेलाबेला संसदमा मार्नुपर्छ भन्ने शब्द अब नसुनियोस् । सही व्यवस्थापन गर्न सकियो भने सबै प्राणीले न्याय पाउनेछन,’ सांसद तामाङले थपिन्।
Artha Sanjal







