एफएनसीसीआईमा रोचक भिडन्त: अन्जन समूहबाट वैद्य, संघई ढकालका क्यान्डिडेट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा रोचक भिडन्त हुँदैछ। जसमा २–२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

शुक्रवारका लागि तय निर्वाचन कार्यक्रमअनुसार वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई र सुरकृष्ण वैद्य बीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल उम्मेदवार बनेका छन्।

यसअघि वरिष्ठ उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष हेमराज ढकाल ले पनि उम्मेदवारी दिएका थिए। तर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिँदै रामचन्द्र संघईलाई समर्थन गर्ने निर्णय गरेका हुन्।

महासङ्घका नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ निकट समूहबाट सुरकृष्ण वैद्य उम्मेदवार बनेका छन् भने निवर्तमान अध्यक्ष ढकालसहितको समूहले संघईलाई समर्थन गर्ने रणनीति लिएको छ। यसले महासङ्घको चुनावलाई थप रोचक बनाएको छ।

उता कोषाध्यक्ष पदमा अन्जन समूहबाट मनिषलाल प्रधान र अर्को समूहबाट अम्बिकाप्रसाद पौडेल प्रतिस्पर्धामा छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *