काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर जेठ ७ गते बाँडफाँड गरेको हो ।
कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई ३५ लाख २५ हजार ३०४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । साथै, आफ्नो कायम हकभन्दा बढी आवेदन दिने शेयरधनीहरूको रकम आजैदेखि फिर्ता गरिने पनि कम्पनीले जानकारी दिएको छ ।
बाँडफाँडपछि बाँकी रहेको ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद शेयर सबैले आवेदन दिन सक्ने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेड ले गरिरहेको छ ।






