काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ।
साथै बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ।
मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ।
मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।






