काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका हर्कबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरी टोलीले रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–४ घर भई हाल ललितपुर बस्दै आएका ४६ वर्षीय हर्कबहादुर बुढालाई बुधबार पक्राउ गरेको हो।
बुढालाई जिल्ला अदालत काठमाडौँले २०८२ पुस १ गते बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति दिएको थियो । अदालतको अनुमति लगत्तै फरार रहेका बुढामाथि २ करोड ५८ लाख रुपैयाँ बिगो तोकिएको छ ।
Artha Sanjal






