दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ ।

प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले पक्राउको आधार र कारण स्पष्ट पार्न आदेश दिएको हो।

इजलासले महान्यायाधिवक्ताको कार्यालय सँग प्रसाईँमाथि भइरहेको अनुसन्धानसम्बन्धी सम्पूर्ण फाइलसमेत पेस गर्न निर्देशन दिएको छ।

प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *