शेयर बजार ३० अंकले बढ्यो, ३ अर्ब ८२ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ को विन्दुमा बन्द भएको छ ।

आज ३४६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ११ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ११ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ११.८८ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७.५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १३.२६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *