पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटालक

पर्सा । पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूले आर्थिक गणनाका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन आलटाल गरेको तथ्यांक समन्वय कार्यालय वीरगन्जले जनाएको छ।

कार्यालय प्रमुख पुष्कर बिजुक्छेँका अनुसार आर्थिक गणनाका लागि खटिएका गणकहरू पत्रसहित उद्योगमा पुगे पनि आवश्यक विवरण संकलनमा समस्या भइरहेको छ।

“ठूला औद्योगिक प्रतिष्ठानबाट तथ्यांक प्राप्त गर्न कठिन भइरहेको छ,” उनले भने, “जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्यांक नदिने उद्योगहरूको सूचीबारे छलफल हुनेछ।”

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भने उद्योगी–व्यवसायी आर्थिक गणनामा सहयोग गर्न तयार रहेको बताए।

कार्यालयले समन्वय गरे संघले उद्योगहरूलाई तथ्यांक उपलब्ध गराउन आग्रह गर्ने उनले बताए।

कार्यालयका अनुसार पर्सामा २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखिएको छ।

सोमबारसम्म १४ हजार १५६ प्रतिष्ठानको तथ्यांक संकलन सकिएको छ। आर्थिक गणनाका लागि हाल ६६ जना गणक र नौ जना सुपरिवेक्षक परिचालित छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *