सुनको मूल्य एकैदिन तोलामा ३ हजार रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *