इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ।  सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेका पाण्डेलाई उनकी श्रीमती निरु दाहाल पाण्डेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत् छाड्नआदेश दिएको हो।

शुक्रबार न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दियो। सर्वोच्चको आदेशपछि पाण्डे वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा छुटेका छन्।

सरकारको निर्देशनमा सिआइबीले स्मार्ट टेलिकमको धितो लिलाम गर्दा भ्रष्टाचार गरेको अभियोगमा पाण्डेलाई नियन्त्रणमा लिएको हो।स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भई त्यसको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको अवस्थामा, सरकारी सम्पत्तिको हिनामिना गरेको आरोप पाण्डेमाथि लगाइएको छ। तर बैंकले भने नेपाल राष्ट्र बैंककै अनुमतिमा नियमति पक्रियाअनुसार नै निक्षेप सुरक्षार्थ राखिएको धितो लिलाम गर्दा पनि धरपकड गरिएको दाबी गरेका छन्।

सर्वोच्चको यो आदेशसँगै निजी क्षेत्रका व्यवसायीमाथि धरपकड गर्ने पहिले थुन्ने अनि सुन्ने निति अपनाएको सरकारलाई झड्का लागेको छ।

धितो लिलाम बिक्री गरि ऋण उठाएकै कारण बहालवाला सिईओलाई पक्राउ गरेपछि बैंकर संघलगायत सरोकारवाला निकायहरुले सरकारको रवैयाप्रति आपत्ति जनाउँदै यस कार्यलाई समग्र वित्तीय प्रणालीमाथिकै प्रहार भनेका छ्न्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *