साँवा–ब्याज नतिर्दा नेपाल एयरलाइन्समाथि ५५ अर्ब दायित्व

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज खरिदका लागि लिएको ऋणको दायित्व बढेर ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

महालेखा परीक्षकको कार्यालय को ६३औं वार्षिक प्रतिवेदनअनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई चरणमा कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो।

त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । तालिका अनुसार साँवाब्याज भुक्तानी नगरेका कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड पुगेको छ । जस अनुसार उसको दायित्व ५५ अर्ब ४ करोड पुगेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *