काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ को विन्दुमा बन्द भएको छ ।
आज ३३८ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको ११ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७.७१ प्रतिशतका दरले कमाएका छन् । मोदी इनर्जीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४.७९ प्रतिशतका दरले गुमाएका हुन् ।






