काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
यसअघि राखेपले एन्फाले पटक–पटक दिएको निर्देशन पालना नगरेको आरोपमा खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार गत चैत ११ गते एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो।
Artha Sanjal






