काठमाडौं । प्रतिनिधिसभा ले प्रतिपक्षी दलहरूको विरोध र बहिष्कारबीच सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए ।
प्रधानमन्त्रीको तर्फबाट स्वर्णिम वाग्ले ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।
अर्थमन्त्रीको जवाफपछि नेकपा एमाले का सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
त्यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले पनि बैठक बहिष्कार गरेका थिए ।
नेपाली कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै उभिएर विरोध जनाएका थिए ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
विरोधकै बीच सभामुखले नीति तथा कार्यक्रममा दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए ।
लगातारको नाराबाजी र बहिष्कारबीच प्रतिनिधिसभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।






