काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि राष्ट्र बैंकले बैंकहरूलाई वैशाख ३१ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकहरूमा ५२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ९ करोड ७५ लाख रुपैयाँ तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ३ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ।
यो लगानी सन् २०२६ मे २० देखि २०२७ मे २० सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
Artha Sanjal






