धादिङमा दुई वटा बस एकापसमा ठोक्किए, ३७ यात्रु घाइते

काठमाडौं। धादिङको बैरेनीमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३७ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गए राती बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइतेमध्ये तीनजना डिस्चार्ज भएका छन्। बाँकी ३४ घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १९ र टिचिङ अस्पताल महाराजगञ्जमा ९ जनाको उपचार भइरहेको छ। अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *