बालेन, तपाईंलाई अब लफंगा शैलीमा हिँड्ने छुट छैन – जेनजी अगुवा पाण्डे

काठमाडौं। जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहलाई लफंगा शैलीमा हिँड्ने छुट नभएको बताएकी छन्।

राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउन आग्रह गर्दै उनले यस्तो बताएकी हुन्।

‘राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस्! अब लफंगा शैलीमा हिँड्ने छुट छैन तपाईंलाई!’ उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्।

यस्तै, प्रधानमन्त्री बालेन्द्र हो कि सस्तो लोकप्रियतामा रमाउने बालेन हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरेकी छन्।

‘यदि प्रधानमन्त्री बालेन्द्र हो भने, जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्नुस्। सदन र राज्य व्यवस्था रौवाफले होइन, विधि, मर्यादाले चल्छ,’ उनले भनेकी छन्।

आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति (राष्ट्रप्रमुख, नेपाली सेनाको सर्वोच्च कमाण्डर तथा राष्ट्रिय एकताको प्रतीक) मार्फत प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री स्वयं बैठक छोडेर हिँड्नु राष्ट्रप्रमुखप्रति, जनप्रतिनिधिप्रति, जनमतप्रति तथा स्वयं आफ्नै पार्टी र सरकारप्रति गरिएको अपमान भएको उनको तर्क छ।

साथै, उनले संसदीय मर्यादा र जनमत, राष्ट्रपति संस्था र त्यसको गरिमामाथि प्रहार गर्ने छुट प्रधानमन्त्रीलाई पनि नभएको बताइन्।

उनले भनिन्, ‘संसदीय मर्यादा र जनमत, राष्ट्रपति संस्था र त्यसको गरिमामाथि प्रहार गर्ने छुट कसैलाई छैन! प्रधानमन्त्रीलाई पनि।’

‘राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस् ! अब लफंगा शैलीमा हिँड्न े छुट छैन तपाईंलाई !’ उनले संजालमा लेखेकी छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *