रिलायबल इन्भेस्टमेन्टको १० करोड इकाइ निष्कासन, मूल्य प्रतिइकाइ १० रुपैयाँ

काठमाडौं। रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले आजदेखि रिलायबल समूुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने रिलायबल समृद्धि योजना २ नामक बन्दमुखी योजनाको इकाइ निष्कासन गरेको छ।

सामूहिक लगानी कोष योजनाको आकार १ अर्ब रहेको छ। योजनाअन्तर्गत कम्पनीले प्रतिइकाइ १० रुपैयाँ दरले १० करोड इकाइ निष्कासन गरेको छ।

यमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाइ सुरक्षित गरिएको छ।

बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। न्यूनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सकिने योजना छिटोमा जेठ १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरे जेठ १२ गतेसम्म रहनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *