चैतसम्म नेपालको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार मुलुकमा भित्रिने रकम बाहिरिनेभन्दा बढी भएपछि शोधनान्तर स्थिति उल्लेखनीय बचतमा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोड डलर बचतमा पुगेको हो ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।

चालु आवको ९ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ९४ करोड भित्रिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *