केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा, देशभरको मौसम कस्तो?

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ।

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *