काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको गोली फेला परेको हो ।
जेनजी आन्दोलनमा हराएको एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको हो ।
अहिले उक्त गोली एलाका प्रहरी कार्यालय बनेपामा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Artha Sanjal






