बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले यस्तो टिप्पणी गरेका हुन् ।
‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ। यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन। बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर पनि चर्चा गर्न तयार छौं,’ उनले भनेका छन्।
काठमाडौले लिपुलेक पासमा भइरहेको सडक निर्माण र प्रयोगमा नेपालले प्रश्न उठाए पनि भारत भने आफ्नो अडानमा परिवर्तन नहुने स्पष्ट पारेको छ ।
Artha Sanjal






