काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै स्मार्ट जीवनशैलीतर्फको नयाँ अध्याय सुरू गरेको जनाएको छ ।
कम्पनीले अहिलर्को आवश्यकतालाई केन्द्रमा राखेर किनमेल अनुभवलाई पुनःपरिभाषित गर्ने प्रयास गरिरहेको छ ।
परम्परागत रूपमा घरायसी उपकरण किन्ने प्रक्रिया झन्झटपूर्ण मानिन्थ्यो । धेरै पसल धाउनुपर्ने, मूल्य र गुणस्तर तुलना गर्न समय खर्च गर्नुपर्ने, र अन्तिम निर्णयमा अनिश्चितता रहने अवस्था थियो ।
एउटै उत्पादनका लागि विभिन्न ठाउँ पुग्नुपर्ने बाध्यता र पर्याप्त जानकारीको अभावले उपभोक्तालाई असहज बनाइरहेको थियो । तर अहिले, उपभोक्ता व्यवस्थित, पारदर्शी र एकीकृत किनमेल अनुभवतर्फ आकर्षित भइरहेको स्पष्ट देखिन्छ ।
सिजी डिजिटलले यही आवश्यकता बुझ्दै, एकै छानामुनि बहु-ब्रान्ड समाधान प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
देशभर सञ्चालनमा रहेका २८ वटा सिजी डिजिटल र एलजी ब्राण्ड शप शोरूममार्फत उपभोक्ताले एलजी, सीजी, टिसीएल, गोदरेज, मिडेया, क्रम्पटन, बेको, सेन्सेई, केन्ट, इलिका, सिजी मेरिडिया, ब्ल्याक प्लस डेकर र बर्लीजस्ता विश्वसनीय ब्रान्डहरूका साथै नोथिङ, मोटोरोला र आईप्लस जस्ता मोबाइल ब्रान्डहरू समेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्।
सिजी डिजिटलले किनमेललाई केवल उत्पादन किन्नेसम्म सीमित नराखी, समग्र अनुभवमा रूपान्तरण गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ ।
सहज छनोट प्रक्रिया, स्पष्ट जानकारी, ग्राहक-केन्द्रित मार्गदर्शन, घरमै निःशुल्क डेलिभरी र बिक्रीपछिको सेवा प्रति प्रतिबद्धताले उपभोक्ताको समय बचत गर्नुका साथै किनमेललाई झन्झटमुक्त बनाउँछ ।
विशेषगरी व्यस्त जीवनशैलीमा, यस्ता सुविधाहरूले निर्णयलाई छिटो, सहज र विश्वसनीय बनाइरहेका छन्-जहाँ उपभोक्ताले केवल सामान होइन, आत्मविश्वास सहितको छनोट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।






