सरिता तिवारी हत्या प्रकरण: विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलासा

काठमाडौँ। तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी हराएको ११ दिनपछि मृत अवस्थामा फेला परेकी छन्। उनको हत्या भएको र त्यसकार्यमा संलग्न भएको आशंकामा टोखा- २ का ३५ वर्षीय अनिल डङोल पक्राउ परेका छन्। अनुसनधानका क्रममा प्रहरीले विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईकाअनुसार टोखा नगरपालिका–२ का अनिल डङ्गोलसँग तिवारीको करिब एक वर्षदेखि सम्बन्ध रहेको खुलेको छ। डङ्गोलले सरितासँग सम्बन्ध रहेको स्वीकार गरेका छन्।

वैशाख १२ गतेदेखि बेपत्ता भएकी सरिताको खोजीका क्रममा मंगलबार टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा शव फेला परेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार मृतकका पति शंकर तिवारी र डङ्गोलबीच लामो समयदेखि मित्रता थियो। सोही क्रममा तिवारी र सरिताबीच सम्बन्ध विकास भएको खुलेको छ।

स्थानीय जनप्रतिनिधिको सूचनाका आधारमा पक्राउ परेका डङ्गोलले नै हत्या गरी शव गाडेको स्थान देखाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि 

बजार जान्छु भनि हिँडेकी सरिता ११ दिनपछि शिवपुरी जंगलमा मृत भेटिइन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *