काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको छ।
कम्पनीले गत आवको सोही अवधिमा कमाएको ४२ करोड २१ लाख रुपैयाँ खुद नाफा बढेर चालु आवमा ५७.३९ प्रतिशतले वृद्धि गर्दै ६८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड १६ लाख रुपैयाँबाट ६.२१ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । साथै कुल सञ्चालन आम्दानी पनि १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँबाट ६.३६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
आम्दानीमा सुधारसँगै सञ्चालन मुनाफा ६३ करोड १६ लाख रुपैयाँबाट ५६.८७ प्रतिशतले वृद्धि हुँदै ९९ करोड ८ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य मुनाफा झन् तीव्र रूपमा बढ्दै ३६ करोड १६ लाख रुपैयाँबाट १३६ प्रतिशतले उकालो लागेर ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३०.८४ रुपैयाँबाट बढेर ४४.१३ रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ८.६६ प्रतिशतबाट घटेर ७.५२ प्रतिशतमा झरेको छ । बेसरेट ११.४९ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९५.५१ रुपैयाँबाट बढेर २१२.२६ रुपैयाँ पुगेको छ ।
हाल २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले २६ अर्ब ३७ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै १२ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कुल सम्पत्ति २८ अर्ब ९४ करोड ३१ लाख रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।






