काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ साधारणसभा आज (सोमबार) काठमाडौंमा हुँदैछ। बिहान १० बजे सुरु हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।
यसअघि चैत २९–३० गतेका लागि तय भएको साधारणसभा अदालतमा मुद्दा परेपछि स्थगित भएको थियो। रोकिएको प्रक्रिया आजबाट पुनः सुरु हुन लागेको हो।
महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार अन्जन श्रेष्ठ २१औँ अध्यक्ष बन्ने भएका छन्।
साधारणसभा सम्पन्न भएलगत्तै उनी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल को कार्यकाल आजै सकिनेछ।
वि.सं. २०२२ सालमा स्थापना भएको महासंघमा हालसम्म २० जना अध्यक्ष भइसकेका छन्। संस्थापक अध्यक्ष लोकनाथ जोशी हुन्। हाल महासंघको सञ्जाल ७७ वटै जिल्लामा फैलिएको छ।
Artha Sanjal






