काठमाडौं। प्रतिनिधिसभा मुख्य प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे बैठक बस्नेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि बालेन्द्र शाह बालेन नेतृत्वको सरकारबाट पछिल्लो समय भइरहेका गतिविधि, संसद् अधिवेशन आह्वान, अध्यादेश प्रकरण र अवैध संरचनामाथि चलाइँदै आएको डोजरका विषयमा छलफल हुने बुझिएको छ।
Artha Sanjal






