खोला मिचेर बनाइएको ८ तल्ले घरको ४ तलासम्म भत्काएर फर्कियो डोजर

काठमाडौँ। उपत्यकाका खोला किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत आज अनामनगरको धोबीखोलास्थित एक ८ तल्ले पक्की घरमा डोजर चलाइएको छ।

खोलाको मापदण्ड मिचेर निर्माण गरिएको भनिएको उक्त घरको माथिल्लो भागबाट भत्काउन सुरु गरिएको थियो। दिनभरको प्रयासपछि डोजरले घरको ४ तल्लासम्मको भाग पूर्ण रूपमा भत्काएर फर्किएको छ।

स्थानीय प्रशासन र नगर प्रहरीको टोलीसहित पुगेको डोजरले बिहानैदेखि संरचना भत्काउन सुरु गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *