चिलिमे हाइड्रोपावरको नाफा ११ प्रतिशत घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार कम्पनीको खुद नाफा ११.२४ प्रतिशतले घट्दै ४५ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्री आम्दानी पनि सामान्य घटेको छ । बिक्री आम्दानी गत आवमा तेस्रो त्रैमाससम्म ८२ करोड ४९ लाख रुपैयाँ रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ३६ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तीय आम्दानी ९ करोडबाट बढेर १० करोड २८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी पहिले ७.८२ रुपैयाँ रहेकोमा अहिले ६.४२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ४७८.५० रुपैयाँ छ ।

पछिल्लो ५२ साताको तथ्यांकअनुसार अधिकतम मूल्य प्रतिकित्ता ५९९.६० रुपैयाँ छ भने न्यूनतम मूल्य ४५६ रुपैयाँ छ । हाल सेयर मूल्य ५२ साताको न्यूनतम नजिक रहेको देखिन्छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *