छोरी जिताउन चितवन पुगे प्रचण्ड, सीडीओ र एसपीलाई आयोगले माग्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚ चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार आयोगले नेकपा दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो । यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । प्रचण्डलाई यसअघि पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *