काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमले शुक्रबार बिहानबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा १२ रुपैयाँ घटाएको हो।
यससँगै निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १५० रुपैयाँले बढाएको छ। साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले वृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य २२५ रुपैयाँ पुगेको छ।
Artha Sanjal






