सेबोनद्वारा आगामी वर्षका लागि सेयर बजारका सुझाव माग

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ।

बोर्डले प्रत्येक आर्थिक वर्ष धितोपत्र बजारको व्यवस्थित, प्रभावकारी तथा दिगो विकासका लागि नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षका लागि पनि सुधारमुखी, व्यावहारिक तथा कार्यान्वयनयोग्य सुझाव माग गरिएको जनाएको छ।

सेबोनका अनुसार बजार विकास, विस्तार तथा सुधारका लागि आवश्यक नीति निर्माण प्रक्रियामा लगानीकर्ता, व्यवसायी, नियामक निकाय तथा अन्य सरोकारवालाको सुझावलाई समेटिनेछ।

इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना राय तथा सुझाव जेठ १५ गतेभित्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको इमेल ठेगानामा पठाउनुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *