काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ को विन्दुमा बन्द भएको छ ।
आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३४ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका हुन् । शाइन रेसुङगा डिबेञ्चरका इकाईधनीले ३.४० प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ३.१७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।






