चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्द र सामग्रीप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। सोही आधारमा अदालतले अन्तरिम आदेश जारी गरेको हो।

यम थापा निर्देशित लालीबजार वादी समुदायका महिलाको संघर्ष कथामा आधारित छ र १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *