थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चल्यो

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो  ।

सुरुमा दुईवटा डोजर चलाइएको र बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेको बताएको छ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् ।

काठमाडौँ महानगर प्रहरी बलका अनुसार  थापाथलीमा डोजर चलाएर सकिएपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *