काठमाडाैं । एपोलो हाइड्रोपावर लिमिटेडले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बाँडफाँड भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २७ लाख ७१ हजार १८ आवेदन परेको छ । यसमध्ये २७ लाख २७ हजार १ सय १७ आवेदन सदर भएको छ ।
कुल सदर आवेदकमध्ये ७८ हजार २० जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको हिमालयन क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
Artha Sanjal






