सानिमा बैंकको नाफा २ अर्ब ३५ करोड, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४२.२३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले १८.५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चैतसम्म बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब २५ करोड १३ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४७.५० प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिसम्म बैंकले आर्जन गरेको ४ अर्ब २८ करोडको तुलनामा २०.४८ प्रतिशतले बढी हो ।

चुक्तापुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब १० करोड २९ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ३६ करोड रुपैयाँ छुट्टाएको छ । खराब कर्जा अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०१८.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.२७ गुणा र तरलता अनुपात २७.५५ प्रतिशत कायम भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *