विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौँ

काठमाडौँ। विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा काठमाडौँ शहर परेको छ। हावाको गुणस्तर मापन गर्ने संस्था IQAir का अनुसार बिहीबार अपराह्न ४ बजेसम्म काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २०४ पुगेको छ, जुन “अत्यन्त अस्वस्थ” श्रेणीमा पर्छ।

उक्त संस्थाका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २०४ पुगेको छ, जुन “अत्यन्त अस्वस्थ” श्रेणीमा पर्छ। यस स्तरको प्रदूषणले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष जोखिममा पार्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

यसैगरी अन्य प्रदूषित शहरहरूको सूचीमा लाहोर दोस्रो (AQI १५१), ढाका तेस्रो (AQI १३४), अल्जियर्स चौथो (AQI १३२) र चियाङ माई पाँचौँ (AQI १२४) स्थानमा रहेका छन्।

पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकाको आकाश धुम्म देखिनु, धुलो–धुँवा र मौसमीय अवस्थाका कारण प्रदूषण जमेर बस्नु यसको मुख्य कारण मानिएको छ।

स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा ‘मर्निङ वाक’ लगायत बाहिरी शारीरिक गतिविधि नगर्न, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन तथा बाहिर जाँदा मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *