प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा मृत्यु भएका बालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये ५ जना बालबालिका रहेका छन्। गम्भीर घाइते १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
Artha Sanjal






