भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा भूपदेव शाहलाई बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको एक नेताले जानकारी दिए ।

बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । फागुन २१ को निर्वाचनमा अछाम–२ बाट उम्मेदवार उनी पराजित भएका थिए । त्यतिबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो ।

तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा भूपदेवलाई ल्याउन लागिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *