तीन कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुधबार तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।

आईपीओ अनुमति पाउने कम्पनीहरूमा एभरेस्ट कलर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स रहेका छन्।

एभरेस्ट कलर लिमिटेडले अंकित मूल्य १ सयका दरले ७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टले अंकित मूल्य १ सयका दरले २५ लाख ८० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको छ । जसको बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल रहेको छ ।

सर्वोत्तम पेन्ट्सले अंकित मूल्य १ सयका दरले ८ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । जसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *