एपोलो हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन, अन्तिम दिनसम्म कति पर्यो ?

काठमाडौँ । एपोलो हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २८ लाख ७५ हजार ३७२ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा कुल ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ४२ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै सेयर पाउने भएपछि झन्डै २७ लाख बढीको हात रित्तै हुने भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *