प्रधानमन्त्री बालेनले सचेत गराए लगत्तै स्वास्थ्यमन्त्री मेहताले गरिन् अर्को ‘अनियमितता’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले प्रधानमन्त्री वालेन्द्र शाहले सचेत गराएको अर्को दिन नै फेरि अर्को अनियमितता गरेकी छन्।

औषधि व्यवस्था विभागमा ११औँ तहका सहसचिव महानिर्देशक हुनुपर्ने प्रावधान हुँदाहुँदै उनले १०औँ तहकी शिवानी खड्कीलाई महानिर्देशकमा नियुक्त गरेकी हुन्।

चैत २६ गते सचेत गराइएपछि भोलिपल्टै मन्त्रीस्तरीय निर्णय गर्दै नियुक्ति गरिएको बताइएको छ।

यसअघि स्वास्थ्य बीमा बोर्डमा जुनु श्रेष्ठलाई नियुक्त गर्दा पनि विवाद भएको थियो। नयाँ नियुक्तिपछि वरिष्ठता र मेरिटोक्रेसीमाथि प्रश्न उठेको छ, किनकि ११औँ तहका भरत भट्टराईलाई पाखा लगाइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *