काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा बन्द भएको छ।
आज ३४४ कम्पनीको शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज यस कम्पनकिो ५८ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट, सिन्धु विकास बैंक, पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका हुन् ।







